मन्त्रालयभित्रका बाँकी रहल–पहल रकम दूरुपयोग गर्न सरकार लागि परेको छः युवा नेता घिमिरे

२१ पुष २०७४, शुक्रबार ०६:३४

पुस २१, काठमाडौं । मन्त्रालयभित्रका बाँकी रहल–पहल रकम दूरुपयोग गर्न मन्त्री र सरकार टाँसिरहेको भन्दै राष्ट्रिय जनमोर्चाका युवा नेता अनिल किशोर घिमिरेले आरोप लगाएका छन् । उनले आयोखबरको विशेष कार्यक्रममा चुनाव सकेर महिनौ दिन बितिसक्दा पनि नयाँ सरकार गठन गर्न नसकेको नेपाली राजनीतिको बिडम्बा भएको उल्लेख गर्दै अहिलेको सरकार अझै पनि मन्त्रालयभित्र बाँकी रहेको योजना र आर्थिक रकम सकाउनका लागि भए पनि सरकारमै टाँसिरहेको आरोप लगाए ।

नेपालको संविधानलाई कार्यान्वयन गराउनका लागि निर्वाचन आवश्यक थियो र सम्पन्न भएर महिनौ दिन बितिसक्दा सरकार निर्माण प्रक्रियालाई अगाडी बढाउन नसक्नु अनैतिक र लाचारको परिदृष्ट्रि हो, उनले भने । युवा नेता घिमिरेले भने ‘एउटा राजनीतिक दलले निर्वाचित भएर सरकार बनाउनु पर्ने थियो सरकार गठन प्रक्रिया नै अगाडी बढाउन सकिदैन भने विकासका विभिन्न कामहरु कसरी अगाडी बढ्ने ?’

नेपाली जनताले एउटा जनआदेश दिईसकेपछि नैतिकताको हिसावले वर्तमान सरकारले आफ्नो कुर्सी छोड्नु पर्ने हो तर सत्ताभित्रका चलखेललाई आफ्नो शक्तिमा पार्दै आलटल गरिरहेको छ यस्तो नेपाली राजनीतिभित्रको गलत प्रवित्ति जबसम्म हट्दैन तबसम्म देशले उन्नती गर्न नसकिने घिमिरेले बताए ।

युवाहरुलाई देशको निर्माण र उत्पादनमा लगाउन राज्यले स्पष्ट नीति तथा योजना बनाउन नसकेको बताउँदै अवको सरकारले युवा लक्षित योजना तर्जुमा गर्नु पर्ने बताए । नीति तथा योजना प्रक्रिया बनाउने ठाउँमै सम्बन्धित विषय र सक्षम जनशक्तिको अभावमा आवश्यक कामकारवाही नै नभएको बताए । अव भन्ने सरकारले युवा लक्षित कार्यक्रमलाई महत्वका साथ लैजान सकिएका देशले चाँडै काँचुली फिर्ना सक्ने बताए । बाँकी भिडियोमा ….