मनोजको नौतुना रेलैमा’ गीतको भिडियो सार्वजनिक‘

२३ पुष २०७६, बुधबार १६:५९

काठमाडौँ , गायक तथा सर्जक मनोज सिंह धामीको नयाँँ लोकदोहोरी ‘नौतुना रेलैमा’ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका देवी घर्तीमगर र गायक धामिकै संयुक्त आवाज रहेको उक्त गीत धामीको आफ्नै शब्द सिर्जना साथै संगीतमा गीतको भिडियो बजारमा आएको हो ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिनोद बाजुरालिले संगीत संयोजन गरेका हुन् । चर्चित मोडल अञ्जली अधिकारी र चक्र बमको गीतको भिडियोमा दमदार अभिनय रहेको छ । त्यस्तै सुमन थापामगरले निर्देशन गरेको उक्त भिडियो हरीनारायण चौधरीले खिचेका छन् ।

प्रविण रेश्मीमगरले सम्पादन गरेको भिडियोलाई शिव दर्शन फिलिम्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।