मधुमेहका रोगीले खानुस् गाँजर हुनेछन् यस्ता आश्चर्यजनक फाइदा

१२ माघ २०७६, आईतवार १४:३०


गाजर एक फाइदा अनेको भने झै गाँजरलाई सलाद, तरकारी, अचार अथवा जुसको लागि पनि प्रयोग गरिने गरिन्छ । स्वास्थ्यको लागि गाजर निकै फाइदाजनक छ भन्ने सबैलाई थाहा छ । तर गाँजरको सेवन गर्दा मधुमेहका बिरामीका लागि झनै फाइदाजनक छ भन्ने कुरा सबैलाई थाहा नहुन पनि सक्छ ।
गाँजरका फाइदा
गाँजरको मधुमेहका बिरामीले दैनिक खानु राम्रो हुन्छ । किनभने गाँजरमा चिनी तथा कर्बोहाईड्रेटको मात्रा प्रशस्त भएपनि यसले शरीरको ब्लड सुगर लेभललाई बढ्न दिँदैन ।
गाँजरमा उच्च मात्रामा पाइने बेटा क्यारोटिन पाइनुका साथै ‘भिटामिन ए’, ‘मिनरल्स’ र ‘एन्टिअक्सिडेन्ट’ मधुमेहका बिरामीलाई फाइदा पु¥याउन मद्दत गर्छ ।
गाँजरमा भएका विभिन्न खालका पोषक तत्व, ‘भिटामिन सी’ र एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरेर विभिन्न रोगहरू लाग्न दिँदैन ।
गाँजरमा हुने रेसादार फाइबरले खाना राम्रोसँग पच्न मद्दत गरी कब्जियत हटाएर दिसालाई नियमित बनाउँछ ।
गाँजरको सेवनले खराब कोलस्टेरोललाई पनि हटाएर हृदयाघात हुने सम्भावना हुँदैन ।
गाँजरले गिजा बलियो बनाउनुका साथै दाँतमा एसिड उत्पादन गरेर मुख र दाँतको सडनका लागि जिम्मेवार भएका किटाणुहरूलाई मार्ने काम गर्दछ । र दाँत बलिया पनि बनाउछ ।
गाँजरले छाला तथा शरीरको चिल्लोपन र चमकलाई जोगाएर छालालाई खुम्चिन नदिइ चाउरिपन हटाउँछ ।
यसको जुसले छालामा भएका धब्बाहरू हटाउन मद्दत गर्नुका साथै कपाल बाक्लो बनाइ सुक्खा हुनबाट बचाउँछ ।
गाँजर खाँदा पिसाबका साथै रगत पनि सफा हुने गर्छ र रगतको सर्कुलेसन राम्रो गरी रक्तचापलाई नियन्त्रणमा ल्याउँछ ।
गाँजरको सेवनले आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै रतन्धो हुनबाट जोगाउँछ ।
शरीरमा क्याल्सियम दिएर हड्डीको विकासमा सहयोग पुर्‍याउनुका महिलाको अनियमित महिनावारी समस्यालाई पनि हटाउँछ ।
गाँजर खानाले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ र फोक्सो, स्तन तथा कोलोन क्यान्सरबाट जोगाउँछ ।
गर्भवती महिलाले गाँजर खानाले गर्भको बच्च तुहिने सम्भावना हुदैन र बच्चाको वृद्धि विकारमा सहयोग गर्छ । क्यानडा नेपालबाट