मदिरा बिक्रीवितरण बन्द

९ चैत्र २०७६, आईतवार १५:५७

दाङ , कोरोना भाइरस संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको बेला कोरानाबाट बच्न पूर्व सावधानी अपनाउँदै दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ले मदिरा बिक्रीवितरणमा बन्द गरेको छ ।

आइतवार वडाभित्रका २१ वटा टोल विकास अध्यक्षलाई पत्राचार गर्दै वडाध्यक्ष भुपबहादुर केसीले मदिरा बिक्रीवितरण बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

वडाको निर्णय अटेर गरेर कसैले मदिरा बिक्रीवितरण गरे वडा कार्यालयमा खबर गर्न आग्रह गरिएको छ ।