मतदातालाई रिझाउँदै बाराका उम्मेदवारहरु

६ मंसिर २०७४, बुधबार १०:२७

श्याम गुप्ता
 मंसिर ६, बारा ।
आसन्न   मंसिर २१ गतेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा बारामा पनि चुनाबी माहोल तातिएको छ ।

बारामा विशेषगरी बाम गठबन्धन सहिँत नेपाली काँग्रेस र राजपाको त्रिपक्षिय भिडन्तका लागी दलका उम्मेदवारहरु चुनाबी घरदैलो र सभामा व्यस्त छन् ।  स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा बाराका २४ तह मध्ये गठबन्धन गरेको माओवादी र एमाले नैं बलियो देखिए पनि चार वटा क्षेत्र रहेको बारामा काँग्रेसले ३ क्षेत्र सहिँत स्पस्ट बहुमत ल्याउँने तयारीमा चुनावी अभियानमा लागेको छ ।

बारा क्षेत्र नम्बर ४ क बाट नेपाली काँग्रेसले प्रदेश सभाको उम्मेदवार बनाएको ओमकृष्ण कार्कीले जिल्लामा काँग्रेसको स्पस्ट बहुमत सहिँतको जित पक्का भएको बताएका छन् । उनले नेपालको बिगत ईतिहाँस देखी नैं ठुला आयोजनाहरुलाई काँग्रेसले नैं नेतृत्व गरिरहेकाले अबको समृद्धी अभियानमा काँग्रेसको जित अपरिहार्य रहेको बताए ।यता काँग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सद्स्य लालबाबु सिंहले चुनावी अभियानका क्रममा उनले गठबन्धन प्रतिको मतदाताको अविस्वास नैं काँग्रेसको जित भएको दाबी गरे । उनले अबको समृद्धी अभियानमा काँग्रेसको जित अपरिहार्य रहेको बताए । यस्तै बारा क्षेत्र नम्बर ४ का नेकपा एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका देव नारायण चौधरीले देशमा गठबन्धन सरकारलाई स्थायित्व दिने बताउँदै जितलाई कसैले रोक्न नसक्ने बताए ।

उनले बाराका एतिहाँसिक गौरवका धरोहरलाई जोगाउँन र संम्वर्धन गर्नका लागी पनि आँफु उम्मेदवार बनेको बताए । यस्तै राजपाबाट बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका एकबाल मियाँले मधेसी सहिदको बलिदानी पुरा गर्नका लागी आँफु उम्मेदवर बनेको बताए । उनले मधेशका जनताको हक र हितका लागी संबिधान संशोधनको आवश्यक्ता रहेकोले पनि संंशोधनका लागी आँफुले जित हाँसिल गर्न आवश्यक रहेको जिकिर गरे । त्यस्तै उम्मेदवारहरुले घरदैलो आएर जतिसुक्कै आश्वासन बाँडेर रिझाउँने काम गरेपनि आँफूहरुले योग्य उम्मेदवारहरुलाई मात्र आफ्नों मत दिने बताएका छन् ।