मतगणना स्थलमा उच्च सर्तकता, तार जाली भित्र गणक

३ आश्विन २०७४, मंगलवार ०६:२१

असोज ३, काठमाडौं । प्रदेश नं. २ को अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । अधिकासं मतगणना स्थलमा उच्च सुरक्षा सतर्कताका साथ गणना जारी छ ।

निर्वाचन आयोगले मतगणना स्थलमा सुरक्षाका लागि ग्याबिङ जालीको प्रयोग गरेको छ । जालीको घेराभित्र गणकहरु बसेर गणना गरीरहेका छन् । दलका प्रतिनिधिहरु भने जाली बाहिर राखिएको छ ।

पहिलो चरणको चुनावका क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि दोस्रो चरणमा सुरक्षा सतर्कता अपनाइएको थियो । भने तुलनात्मक रुपमा संवेदनसील मानिएको तेस्रो चरणको निर्वाचनमा पनि निर्वाचन आयोगले उच्च सतर्कता अपनाएको हो ।

अधिकांश मतगणना स्थलमा जाली लगाइएको छ भने महोत्तरीको बर्दीबासमा सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ । यसले हाम्रो दलका नेताको मनोगत अवस्थालाई चित्रित गरेको छ । जसले सभ्य समाज निर्माणका लागि भन्दै गरीने चुनावि परीपाटीनै यस्तो अवस्थामा पुगेपछि नेपाली राजनिती कुसंस्कृत हुने होइन भन्ने प्रश्न भने उठेको छ । तथापि मतगणनास्थलमा सुरक्षाका लागि अपनाइएको पूर्वसचेतनाले गर्दा भरतपुर काण्ड दोहोरिने सम्भावना भने कमजोर भएको छ ।