भ्यालेन्टाइनमा भाडामा ब्वायफ्रेण्ड, २० प्रतिशत छुट सहित ४ प्याकेज

६ फाल्गुन २०७४, आईतवार ०९:१३

फागुन ६, काठमाडौं । एजेन्सी

भ्यालेन्टाइन डे बुधबार सकियो । यो दिवसमा धेरैले साँच्चीकै आफ्नो पि्रयतम तथा प्रियसी प्राप्त गरे होलान् । तर भारतीय युवकले पि्रयतम फेला नपार्नेहरुका लागि चाहीँ एउटा गज्जबको अफर प्रदान गरेका छन् ।

भ्यालेन्टाइन डे मा पार्टनर नहुने युवतीहरुका लागि भाडामा ब्वायफ्रेण्ड उपलब्ध गराउने कार्यक्रम उनले अघि सारेका हुन् । यसमा विभिन्न ४ प्रकारका छुट प्याकेज उपलब्ध छन् ।

भारतको गुरुग्रामका बासिन्दा शकुल गुप्ता अहिले सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेको कुरा र अफर गरेको सेवाका कारण उनी चर्चित बनेका हुन् । उनले फेसबुकमा आफु भाडाको ब्वायफ्रेण्ड बन्न तयार रहेको घोषणा गरे ।


यसका लागि उनले विभिन्न ४ प्रकारका प्याकेज पनि तयार पारेका छन् । २६ वर्षका गुप्ताको उचाई डेट मिटर भन्दा बढि छ भने वजन ५६ किलो । जिउडाल पनि ह्याण्डसम छ ।

आफुलाई जोकोही केटीहरुले भाडामा ब्वायफ्रेण्ड बनाएमा त्यस्ता केटीहरुका अभिभावक तथा साथीहरुसमेत दंग पर्ने दाबी उनी गर्छन् ।

आफुबाट गर्लफ्रेण्डहरुले के अपेक्षा गर्न सकदछन् र के सकदैनन् भन्ने कुरा पनि उनले खुलाएका छन् ।

पहिलो प्याकेज अन्तर्गत हात समाउने र काँधमा हात राख्न्े । दोश्रोमा हात समाउने, काँधमा हात राख्ने अनि गाला वा निधारमा चुम्बन गर्ने ।

तेश्रो प्याकेजमा माथि उल्लेखित सेवाका अतिरिक्त लिप किस पनि गर्ने । अनि चौथो प्याकेजमा जे चाह्यो त्यहीँ गर्न पाउने तर केही शर्तको पालना गरेर ।

साथै, उनले यसमा २० प्रतिशत डिस्काउन्टका साथै सित्तैमा अडी कार चढाएर घुमाउने अफर प्रस्तुत गरेका छन् । तर भाडामा ब्वायफ्रेण्ड बनिसकेपछि पनि आफुले आफ्नो गर्लफ्रेण्ड बन्ने केटीलाई साङ्लाबाट बचाउन नसक्ने, फेसन र सुन्दरताका बारेमा कुराकानी गर्न नसक्ने तथा सी फूड नखाने बताएका छन् ।तर हुनेवाला गर्लफ्रेण्लाई खुसी राख्नका लागि भरपूर कोसिस गर्ने उनको भनाई छ ।