भ्यानको ठक्करले दुई जना आक्समीक कक्षमा

१९ पुष २०७४, बुधबार ११:३२

मन्जिल कन्दङ्वा
पुस १९, काठमाडौं ।

काठमाडौंको साँघुरो सडकले गर्दा पैदल यात्रीहरुलाई समस्या त छँदै छ । फराकिला र चिल्ला कालोपत्रे सडक भयो भने सबै समस्या हल हुन्छ भन्ने आम काठमाडौंवासीको धारणा छ ।
सडकका खाल्डाखुल्डी र उक्एिको कालोपत्रेलाई नै सम्पूर्ण दुर्घट्नाको श्रेय दिने गर्छन् आम काठमाडौंवासीहरु । तर पक्कि र फराकिलो सडकभएता पनि काठमाडौं गोकर्णेश्वर नगारपालिकामा भने सवारी दुर्घट्ना भएको छ ।

 

भाटभाटेनीको सामान डेलिभरी गरी फिर्ने क्रममा बा १० च ८१७८ नम्बरको भ्यान सिन्धुपाल्चोक घर भई हाल दक्षिणढोका बस्दै आएका २० वर्षीय शिशिर लामा र शिवचोका स्थानीयवासी ५८ वर्षे राम कृष्ण केसी गम्भीर घाइते भएका छन् । घाइते लामाको नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा र केसीको बिएनबीमा उपचार भइहेको छ ।
क्षतीग्रस्त भ्यानका चालक रवि तामाङ र हेल्पर कुश मान्नधर भने फरार छन् । उक्त भ्यान काँडाघारी प्रहरी कार्यालयस्थित नियन्त्रित रहेको भाटभाटेनिको कर्मचारी नरेन्द्र मल्लले आयोखबर संवाददातालाई जानकारी दिए ।