भोलि सार्वजनिक बिदा

३ माघ २०७४, बुधबार १२:१२

(आसं)
माघ ३, काठमाडौं ।

तामाङ जातिको पर्व ल्होसारको अवसर पारेर सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले बताए ।
सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ ।

यद्यपि तामाङ समुदायले भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् ।
सरकारले पूर्वनिर्धारित मितिमै विदा स्वीकृत गरेको प्रवक्ता दुवाडीले बताए । नेपाल धर्म निरपेक्ष राज्य घोषणा भएपश्चात सरकारले सम्पूर्ण जात–जातीको मुख्य चाडपर्वमा बिदा दिने गरेको छ । नेपालमा भएका ५९ जनजातीमध्ये तामाङ जाती पनि एक हो ।

(स्रोत–लोकान्तर)