भेटिइन् ६ दिनदेखि बेपत्ता वृद्ध सिरहामा

२ बैशाख २०७५, आईतवार ०७:५९

वैशाख २, काठमाडौं ।

सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरबाट करिब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई अाइतबार बिहान प्रहरीले फेला पारेको छ ।

गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई प्रहरीले सिरहा नगरपालिका, ठेम्हीमा भेटाएको हो ।

पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।