भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माणका लागि रु ८० लाख सहयोग

२६ कार्तिक २०७४, आईतवार १५:४९

कात्तिक २६, मोरङ । मोरङको बेलबारी–९ डाँगीहाट चोकमा अवस्थित काली माध्यमिक विद्यालयका लागि पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले निजी खर्चमा रु ८० लाखको लागतमा आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिदैछ । सो भवनको निर्माण शुरु भै सकेको छ ।

उक्त भवनको नाम दाताको बुबा र आमाको नाममा नरवम–शिवकुमारी स्मृति भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताए ।

भवन निर्माणका लागि भवन निर्माण समितिको तर्फबाट अध्यक्ष बस्नेतको नाममा खोलिएको बैंक खातामा उक्त रु ८० लाखलाई पाँच किस्तामा गरी एकाउण्ट पेयी चेकमार्फत आउने शर्त रहेको विद्यालयका प्रधानाध्यापक तिलक लम्सालले बताए । बन्द हडताल नभएमा भवन निर्माण आठ महिनाभित्र गरिसक्नुपर्ने सहमति रहेको छ ।