भुमिकास्थान माझापोखरीमा ट्याक्टर दुर्घटना हुदा भुसालको मृत्यू

१२ आश्विन २०७५, शुक्रबार १२:१२

 

,अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ माझापोखरी भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धारापानीका बिष्णु प्रसाद भुसालका २१ बर्षिय छोरा हुमा भुसालको मृत्यु भएको हो ।

तेल भोर्न जाने क्रममा ओरालो बाटो भएको कारण गाडी दुर्घटना भएको बुझिएको छ । ट्याक्टर चालक बसन्त बि।क लाइ प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ