भीरबाट लडेर मृत्यु

२० श्रावण २०७६, सोमबार १७:४१

संखुवासभा जिल्लाको मकालु गाउँपालिका ३ मा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। माकाल ३ एकुवा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बजार गएका शेर्पा घर फर्कने क्रममा आइतबार राति महाभीरबाट खसेका थिए।भीरबाट खसेका शेर्पाको घटनास्थलमै मृत्यु भएको हो।

आइबार बिहानै घरबाट निस्किएका शेर्पा घर नआएपछि आफन्तले खोजि जारी गरेका थिए। खोजी गर्ने क्रममा उनी मृत फेला परेका हुन्।