‘भिडियो कन्फरेन्स बैठक जग हसाउने काम’

११ भाद्र २०७६, बुधबार ०९:३५

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री देशबाहिर भएको समयमा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक गर्ने निर्णय अनुचिन र लोकतान्त्रिक मूल्यमान्यताविपरित भएको दाबी गरे ।

प्रधानमन्त्री विदेशमा रहेको भन्दै एकातिर कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिएको पत्र संसदमा सुनाएको र अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले नै बैठक सञ्चालन गरेकोमा आँणले आपत्ति जनाएका हुन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।