भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति

१६ बैशाख २०७६, सोमबार १०:५७

काठमाडौं , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ ।

वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथ पत्रमा गत वर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६ सय २१ अर्थात ३५ लाख नेरुभन्दा थोरैले वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग केवल १ करोड भारुको अचल सम्पत्ति छ । मोदीले २५ अक्टोबर २००२ मा यो सम्पत्ति १ लाख ३० हजार ४ सय ८८ भारुमा खरिद गरेका थिए । यसमा उनले २ लाख ४७ हजार २ सय ८ भारु खर्च गरेका थिए । हाल यो सम्पत्तिको मूल्य १ करोड १० लाख भारु पुगेको छ । मोदीले कुनै पनि किसिमको कर्जा पनि लिएका छ्रैनन् । यो समाचार कारोबारमा प्रकाशित छ ।