भारतमा वैशाख २१ सम्मका लागि बढाइयो लकडाउन, थप कडा बनाइने

२ बैशाख २०७७, मंगलवार १३:५९

एजेन्सी , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २१ सम्मका लागि लकडाउन अवधि बढाइने घोषणा मंगलवार गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २१ दिन संक्रमण फैलिन नदिन लकडाउनमा जनताले देखाएको अनुशासनको सराहना गर्दै बन्दाबन्दीको समय बढाइने घोषणा गरेका हुन् ।

मानिसहरूलाई सतर्क रहन र रोग फैलिन नदिन उनले आग्रह गरे ।

‘अर्को हप्तादेखि हामी थप कडा उपाय अपनाउँदैछौं । अप्रिल २० सम्म हामी विभिन्न राज्यले महाव्याधिलाई कसरी व्यवस्थापन गरिरहेका छन्, त्यो हेर्छौं । राज्यहरूले हटस्पट बढाउन दिने छैनन् । केही महत्त्वपूर्ण गतिविधि चल्न दिन उनीहरूलाई अनुमति दिइनेछ तर त्यसमा निश्चित शर्तहरू हुनेछन् ।’