मुगुमा भाईरलले ज्यानै लिदाँ समेत उपचार प्रभावकारी भएन्

१९ मंसिर २०७४, मंगलवार ०७:२०

शशिशेखर घिमिर
मंसिर १९ , काठमाण्डौं । भाईरल ज्वरोका कारण मुगुमा झण्डै दर्जनको हाराहारीमा सर्वसाधारणको मृत्यु भएको छ ।

सामान्य औषढीको समेत अभाव हुने मुगुबासीको लागी भाईरल ज्वरो ठूलै चुनौति बन्दै छ यतिखेर । मुलुक निर्वाचनको माहोलमा रहेका कारण पनि शायद एकातिर मुगाली जनता भाईरलकै कारण मर्न वाध्य समाचारहरु ओझेलमा परेका देखिन्छन् । दैनिक डेढसयको संख्यामा बिरामीहरु भाईरल ज्वरोका कारण अस्पताल धाउन बाध्य भएपनि उपचार प्रभावकारी हुन नसक्दा थुप्रै जनतााले अनाहकमा थला परेर मर्नु पर्ने अवस्था ज्यादै लाजमर्दो विषय हुनसक्छ । स्वास्थ्यको क्षेत्रमा दक्षिण एशियामै लोभलाग्दो प्रगति गर्दै गएको सरकारी र ग्रैहसरकारी तथ्यांङहरु सुनेर मक्ख परिरहँदा मुगुका जनताहरु भने भाईरलकै कारण मृत्युवरण गरिरहनु पर्ने नियतीको अन्तय हुन सकेको छैन । र यो विषय कमैको चासो र चिन्तामा पर्ने गरेको देखिन्छ । गरिवी र पीडामा बाँचेका ति निर्दोष मुगाली जनताहरु राज्य भित्रै भएर पनि राज्य भएको महशुस गर्न सकिरहेका छैनन् । जहाँ भाईरल ज्वरोले गाँउ नै थला पर्दा पनि राज्यदुष्टिमा त्यो विषय गौण बन्दै गएको आभाष हुन्छ, एकपछि अर्को गर्दै राष्ट्रिय दैनिकहरुमा मुगुमा भाईरलका कारण मानिस मर्न बाध्य भएको समाचारहरु केलाँउदा । कहिल्य झाडापखाला र कहिल्य के यीनै कारण आज पनि दूरदराजमा सर्वसाधारण मरिरहेका छन् । जिल्लाको खत्याङ गाँउपालीकामा भाईरल ज्वरोका कारण कतिले ज्यान गुमाए हेनुस् यो सूचि मुगुका पत्रकार बसन्त बागचन्दले फेसबुकमा पोष्ट गरेका छन्ः