भरुवा बन्दुक पड्किँदा १ जना महिला घाइते

६ माघ २०७७, मंगलवार १४:१९

रोल्पा । भरुवा बन्दुक पड्किँदा १ जना महिला घाइते भएकी छिन्। रोल्पा नगरपालिका ९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी हुन्।

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्त बहादुरलाई पक्राउ गरेको छ। गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।