भट्टराई भन्नु हुन्छ् – के हाम्रा कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?

१२ आश्विन २०७६, आईतवार २०:१०

काठमाण्डौं , शाहीमाथि भएको आक्रमणको सत्तासाझेदार दल समाजवादी पार्टी, नेपालका अध्यक्ष डा बाबराम भट्टराईले विरोध गर्नु भएको छ । उहाँले पञ्चायतकालमा मण्डलेहरुले लोकतन्त्रवादीमाथि कुटपिट गरे जसरी अहिले लोकतन्त्रवादीले फरक विचार भएकामाथि कुटपिट गर्न नमिल्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्नेमा जोड दिनु भएको छ ।

“हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन । लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ । निरंकुशता तथा फासीवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो । के हाम्रा कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ? ,” उहाँले ट्विटरमा प्रश्न गर्नु भएको छ ।