भक्तपुरमा भाद्र २३ बाट जिल्ला व्यापी यु १६ अन्तरविद्यालय फुटसल गोल कप

२२ भाद्र २०७६, आईतवार १२:१५

भक्तपुर, हामी सक्छौुं भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालले दोस्रो भक्तपुर जिल्ला व्यापी यु १६ अन्तरविद्यालय फुटसल गोल कप २०१९ आयोजना गर्ने भएको छ । प्रतियोगिता सुर्यविनायक र चाँगुनारायण नगरपालिकाको सहयोग र विभिन्न ग‌ैरसरकारी संघ संस्था तथा व्यापारीक केन्द्रहरुको सहकार्यमा संचालनमा आउन लागेको हो । प्रतियोगिता यहि भाद्र २३,२४ र २५ गते सञ्चालन हुनेछ । प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने जानकारी संस्थाका सचिव श्रीकृष्ण थापाले दिएका छन । प्रतियोगिताबाट सङ्कलन हुने रकमबाट बालबालिका र युवाहरुको क्षेत्रमा रहेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न अभियान सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताए । प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दोस्रो पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिए । कार्यक्रमको कुल लागत ३ लाख ५० हजार रहेको पनि उनले जनाए । कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी संस्थाका अध्यक्ष राजेश घिमिरेले दिए ।