भक्तपुरमा बर्ड फ्लू भेटिएपछि तीन हजार कुखुरा नष्ट

२१ चैत्र २०७५, बिहीबार १६:४८

भक्तपुर , भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएपछि २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ ।

फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्ड फ्लू भेटिएपछि प्रहरीको रोहबरमा २ हजार ९ सय ८५ कुखुरा, १५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिनुभयो ।उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पुश चिकित्सिक डा ढकालले जानकारी दिनुभयो । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्किएर संक्रमणमुक्त गरिएको छ ।