ब्यूटीसियन मोटिभेसनल क्लास फेसियल हाउसमा सम्पन्न

३ असार २०७६, मंगलवार १०:२५

काठमाडौं, ब्यूटीसियन मोटिभेसनल क्लास फेसियल हाउसमा सम्पन्न भएको छ । फेसियल हाउसद्वारा संचालित एडभान्स ब्यूटीसियन कोर्षका सहभागी ब्यूटीसियनहरुलाई लक्षित गरि सोमबार सिटिसी मलमा मोटिभेसनल क्लास संचालन गरिएको हो । उक्त ब्यूटीसियन मोटिभेसनल क्लासमा ३२ जना ब्यूटीसियनहरुको सहभागिता रहेको थियो । उनीहरुलाई सौन्दर्य बिज्ञ सुस्मा महराले ब्यूटीसियन मोटिभेसन सम्बन्धी ज्ञान दिएकी थिईन् । उक्त कार्यक्रममा योग गुरु नमीना श्रेष्ठले शुभकामना मन्तब्य राखेकी थिईन ।

त्यसैगरी, एडभान्स ब्यूटीसियन कोर्षको समापनको अवसरमा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।