बौद्धनाथ महाचैैत्यको प्रवेशद्वारमा भेल बग्नाले पैदलयात्रीहरुलाई सास्ती (हेर्नुस् भिडियो)

२१ चैत्र २०७४, बुधबार १२:२०

चैत २१, काठमाडौं ।

साँझ राजधानीमा एकैछिन पानी परे पछि उचित ढलको व्यवस्थापनको अभावमा विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ महाचैैत्यको प्रवेशद्वारमा ठूलो भेल बगेसँगै पैदलयात्रीहरुलाई यात्रा गर्न असहज भएको छ ।

(हेर्नुस् भिडियो)

उक्त बौद्धनाथ महाचैैत्यको आसपास नाजुक सडकको अवस्थाका कारण पैदलयात्रीहरुलाई प्रत्यक्ष असर त पर्छ नै अझ प्रवेशद्वारबाट बग्ने गरेको भेलले झनै सास्ती थप्ने गरेको छ । सडक विस्तारको कार्य अलपत्र परिरहँदा बौद्धनाथ आसपासमा उचित ढल को निकास हुन सकेको छैन्े ।

 

सम्बन्धित सरोकारवालाहरुको ध्यान नपुग्नाले स्थानीयबासी, सवारी चालक र पैदलयात्रीहरु दैनिक सास्ती खेप्न बाध्य भएका छन् ।