बैशाख ३ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

२४ चैत्र २०७६, सोमबार १६:४७

काठमाडौं , सरकारले लकडाउनको म्याद फेरी ८ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले चैत ११ बाट १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन घोषषा गरेको थियो । त्यो अवधि पुरा नहुँदै २५ गतेसम्म थपियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।