बैतडीमा जीप दुर्घटना ३ जनाको मृत्यु

५ जेष्ठ २०७६, आईतवार १५:०५

कैलाली , बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।