बैंकिङ कसुरमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ

५ आश्विन २०७६, आईतवार १४:२४

काठमाडौं , बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली धितो राखी पाँच करोड रुपैयाँ ऋण दिएको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठसहित एघार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठसहित बैंकका कर्मचारी, बिचौलिया र केही ऋणीलाई पक्राउ छ । श्रेष्ठसँगै खोलाको जमिन धितोमा राखेर पाँच करोड रुपैयाँ ऋण लिने सुरेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन् ।

त्यसैगरी सुष्मा शाह, ऋचा श्रेष्ठ, किरण बोहोरा, विक्रम पन्त र पुष्पराज भण्डारीलगायत बैंकका कर्मचारीहरू पनि पक्राउ परेका छन । दुई जना फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी बैंकसँग मर्ज हुनुअघि नै सो ऋण प्रवाह गरिएको प्रहरीले जनाएको छ । सुरेन्द्र श्रेष्ठले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।