बेसार पानी खानुका यस्ता छन् फाइदा

२२ चैत्र २०७६, शनिबार १६:४७

काठमाडौं , बेसार हाम्रो भान्सामा सजिलै पाइने चिज हो । यसमा एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यसैले हामिले नियमित मनतातो पानीमा बेसार हालेर पिउने गरेमा धेरै राम्रो हुन्छ । यदि तपाईलाई एसिडिटीको समस्या छ भने मनतातो पानिमा बेसार मिसाएर पिउनु पनि निकै राम्रो हुन्छ ।

बेसारमा एन्टिसेप्टिक गुण हुने हुनाले मनतातो पानिमा एक चम्चा बेसार मिसाएर पिउदा संक्रमणसंग लड्ने शक्ति हुन्छ । बेसार पानी पिउनाले पेट र छाती पोल्ने समस्या पनि कम हुन्छ । त्यस्तै बेसार पानीको सेवनले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ र संक्रमण हुनबाट बचाउँछ । बेसार पानीमा कागती र मह मिलाएर पिउने गरेमा सुन्दरता बढाउँदछ । किनकी यसको सेवनले विषाक्त पदार्थहरु शरीरबाट बाहिर निकाल्छ ।

त्यस्तै यसको नियमित सेवन गरेमा पाचन राम्रो बनाउँछ । यसको सेवनले मोटोपन पनि घटाउँछ । त्यस्तै बेसारपानीको सेवनले शरीरमा हुने दुखाई कम गर्छ । यदि तपाईको हड्डी टुटेमा र मर्किएमा वा अन्य चोटपटक लागेमा पनि यसको सेवनले दुखाइ कम गर्छ । यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जार्नीको दुखाई हुने समस्याबाट छुटकारा पनि पाइन्छ । यसको नियमित सेवन गरेमा दिमाग तेजिलो पनि हुन्छ । (क्यानाडानेपालबाट )