बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध

५ श्रावण २०७७, सोमबार १०:००

काठमाडौं , अविरल वर्षापछि खसेको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ।

उक्त सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ। गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानको काभ्रेभीर, घोप्टे भीर, गुइँठे भीरलगायत ठाउँहरुमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउन नेपाली सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहे पनि सञ्चालनमा ल्याउन नसकेको स्थानीय प्रहरीले बताएको छ ।

लगातारको बर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–वनावटका कारणे माथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयको भनाइ छ ।