बुलेट र स्पोर्ट्स बाइक ट्राफिकको निशानामा, ११० बढी समातिए

५ चैत्र २०७४, सोमबार ०८:०५

चैत ५, काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अस्वभाविक आवाज निकालेर कुदाउने बाइकहरु नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ ।

पछिल्लो एक सातामा ११० भन्दा धेरै ठूला आवाजमा कुदिरहेका बााइकलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

यस्ता मोटरसाइकले अत्याधिक ध्वनी प्रदुषण गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार ‘मोडिफाइ’ गरेर ठूलो आवाज आउने बनाइएका बाइकलाई नियन्त्रणमा लिन थालिएको हो ।

‘रोयल इन्फिल्ड (बुलेट)को ९० प्रतिशत बढी बाइकको फिल्टर निकालेको भेटियो,’ रञ्जितकारले भने,’ बुलेट बाइक चढ्ने भनेकै ठूलो आवाजमा बाइक कुदाउने हो भन्नेजस्तो भयो । त्यसैले नियन्त्रण अभियान थालेका हौं ।’

महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनी ध्वनी प्रदुषण गरे अनियनित्र रुपमा कुद्ने बाइकलाई समात्न सुरु गरिएको बताउँछन् ।