बुन्डेसलिगामा डर्टमण्डको फेरि हार

२५ माघ २०७७, आईतवार १२:२४

काठमाडौं। पछिल्लो पाँच खेलमा डर्टमुन्डको यो तेस्रो हार हो ।

डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको हो।

जोङ उ-योङको गोलबाट फ्रेइबर्गले ४९औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा जोनाथन स्मीडले फ्रेइबर्गको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा १६ वर्षे युसुफा मौकोकोले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।