बुटवलमा बैंकिङ एक्स्पो हुँदै

२४ पुष २०७५, मंगलवार १४:०४

बुटवल,  वित्तीय जागरणमार्फत उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ । मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा बीमा समिति र धितो बोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन लागेको हो । कालिकानगरस्थित कालिका–मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघु वित्त वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराउनुभयो । एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवालगायतका विषयमा अवलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् ।

मेला अवधिमै बैंकिङ, पूँजी बजार र बीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तत्र्रिmया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिनुभयो । एक्स्पोबारे जानकारी दिन आयोजित अन्तत्र्रिmयामा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले अझै पनि कूल जनसंख्याको आधाभन्दा बढी जनता बैंकिङ पहुँचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताउनुभयो । माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रीय सदस्य पार्वत कार्कीले एक्स्पोमा ग्रामीण क्षेत्रका किसानहरुलाई सहभागी गराउन सुझाउनुभयो ।