बीपीः अग्लो कद भएको राजनीतिज्ञ

२४ भाद्र २०७७, बुधबार १७:१४

शेषकान्त पण्डित,
बीपी ६८ वर्षको उमेरसम्म भौतिक रुपले बाँच्नुभयो । निर्वासन सहित भारतमा ३८ वर्ष र नेपालमा ३० बर्ष विताउनुभएछ बीपीले । वीपीले आफैले सक्रिय राजनीतिम जम्मा २५ वर्ष गरेको उल्लेख गर्नुभएको छ । दुई वर्ष गृहमन्त्री र प्रधानमन्त्री गरेर सरकारमा रहनुभयो । भारतीय राष्ट्रिय काँग्रेसले जवाहरलाल नेहरु ४० वर्षको उमेरमा पार्टी सभापतिमा चयन गरेको थियो जवकी बीपी नेपाली राष्ट्रिय काँग्रेसको कार्यकारी अध्यक्ष हुँदा ३२ वर्षको मात्र हुनुहुन्थ्यो । प्रदीप गिरी लेख्नुहुन्छ नेहरु आफूलाई पनि समाजवादी नेता भन्दथे । यसबाट नेहरुलाई पश्चिमी जगतले समाजवादी नेताको परिचय दिएको थिएन भन्ने आकलन गर्न सकिन्छ । जवकी बीपीको परिचय अन्तर्राष्ट्रिय स्तरमै समाजवादी नेताको बनिसकेको थियो । बीपी सोसल डेमोक्रयाट वा प्रजातान्त्रिक समाजवादी नेता हुनुहुन्थ्यो । नेहरुले पनि बीपीलाई भनेको नमान्ने जिद्धी स्वभावको नेताको रुपमा चित्रण गरेका छन् ।


बीपी नेपाली काँग्रेसको पर्याय नै हो । राजनीतिक उतारचढावका बीच पनि बीपीलाई सुवर्णशमशेर गणेशमानजी, कृष्णुजी गिरिजाबाबुले साथ दिनुभयो । आज यी नेताको परिचय आदर्शवादी नेताका रुपमा छ । तर धेरैले बीपीको साथ पनि छोडे । सूर्यप्रसाद उपाध्याय, डा।तुलसी गिरि, विश्वबन्धु थापा, परशुनारायण चौधरी, श्रीभद्र शर्मा लगायतको ठूलो पंत्ति राजनीतिमा टिक्न सकेन । यति बेला यी राजनीतिक परिचय स्वार्थी, विचारमा अडिन नसक्ने, ढुलमुले नीति लिने अस्थिर राजनीतिज्ञको बनेको छ । बीपीले प्रधानमन्त्रीको कुर्सीबाट सिधै बन्दी गृहमा पुग्नुभयो तर सम्झौताविहीन राजनीति गर्नुभयो । बीपी नेपाली राजनीतिमा अग्लो कद भएको राजनीतिज्ञ हो ।