बिप्लवले किन पठाए विदेशमा पैसा

१० आश्विन २०७५, बुधबार १०:४२

प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलादेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ ।

हवाई मार्ग / फुलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो ।

प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने देखिएको छ ।
प्रविधि भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ । त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ । जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्ग बिकको डायरीमा फेला परेको छ । खबर आज प्रकाशितजनआस्था साप्ताहिकमा छ ।