बालिका तीन दिनदेखि बेपत्ता

२९ पुष २०७५, आईतवार १६:३१

काभ्रेजिल्लाको मण्डनदेउपुर नगरपालिका–११ गैराथोक घर भएर वडा नं। १० स्थित उमाशह शिक्षालय उच्च माविमा अध्यायनरत बालिका ३ दिनदेखि बेपत्ताभएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षकी बालिका सुनमाया तामाङ्ग पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् ।

विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणबाट भक्तपुर गएकी बालिका भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको हुन सक्ने अनुमानका आधारमा नगरकोट, मेलम्ची, बनेपा, दोलखातथा राजधानीसम्म खोजी गर्दा पत्ता लाग्न सकेको छैन् ।