बालकृण ढुंगेललाई रिहा गर्न माग, प्रधानमन्त्रीलाई देजमोको ९४ बुँदे ज्ञापनपत्र

२५ फाल्गुन २०७४, शुक्रबार ११:०४

फागुन २५, काठमाडौं ।

बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

देजमोका अध्यक्ष सीपी गजुरल सहितको टोलीले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रणसम्मका माग राखिएको छ ।

साथै जनयुद्धकालिन मुद्धाहरुलाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बाट समाधान गर्ने सहमति कार्यान्वयन गर्न र जेलमा रहेका बालकृष्ण ढुङ्गेल लगायतको मुद्दा फिर्ता गरी रिहा गर्न माग गरिएको छ ।

आफ्ना मागहरुलाई पुरा गर्ने प्रक्रिया अघि नबढाए सङ्घर्षका कार्यक्रम अघि सार्ने उसको चेतावनी छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’