बार्सिलोना ४-२ ले रोमासँग पराजित : इन्टरनेसनल च्याम्पियन्स कप

१६ श्रावण २०७५, बुधबार १७:२६

साउन १६, काठमाडौं ।

नयाँ सिजनको तयारीका लागि भइरहेको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब रोमासँग पराजित भएको छ ।

बार्सिलोनाका लागि खेलको छैठौं मिनेटमा नै राफिन्हाले अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा एल सारावीको गोलमा रोमाले बराबरी गरेको थियो ।

माल्कोमको गोलबाट ४९ औं मिनेटमा अग्रता बनाएको बार्सिलोनाले त्यसपछिको नौ मिनेटमा ३ गोल खान पुग्यो । ७८ औं मिनेटमा एलेजान्ड्रो फ्लोरेन्जी, ८३ औं मिनेटमा ब्रायन क्रिष्टटान्टेले गोल गरे भने ८६ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे ।

रोमामा अनुबन्ध हुने लगभग पक्का भइसकेपछि स्पेनिस क्लब बार्सिलोना लागेका मालकमले पहिलो खेलमा गोल गरेर उत्साहित भए पनि नतिजाले खुसी हुन दिएन । खेलको ४९ औं मिनेटमा मालकोमले गोल गरेका थिए तर, बार्सिलोना ४-२ ले पराजित भयो ।

रोमाले ३२ मिलियन पाउण्डमा अनुबन्ध गर्ने पक्का भइसकेर मेडिकलका लागि तयारी गरिरहेका बेला मालकोम एकाएक ३६.५ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए ।