बारा पर्साको हावाहुरीमा मृत्यु हुनेको नाम सार्वजनिक

१८ चैत्र २०७५, सोमबार १३:३५

काठमाडौं , गृह मन्त्रालयले आइतवार राति बारा–पर्सामा भएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको छ । गृहले सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो सार्वजनिक गरेको हो । गृहको सूचीमा २७ जनाको सनाखत भएको उल्लेख छ । सूचीअनुसार १२ जना पुरुष, १० महिला र ५ जना बालबालिकाको मृत्यु भएको छ ।