बारामा स्रोत नखुलेको १६ लाख बरामद

६ भाद्र २०७७, शनिबार १८:५४

फाइल फोटो

बारा , महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम शनिबार प्रहरीले बरामद गरेको छ ।

मोटरसाइक चलाउँदै आएका एक जनाले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेका थिए । रकम फालेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान छ ।