बारामा चुनावी तयारी पुरा, मतदाता परिचय-पत्र बाँडिदै

१९ मंसिर २०७४, मंगलवार १०:४८

श्याम गुप्ता

मंसिर १९ , बारा । 
आगामी मंसिर २१ गते हुँने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएकोे छ , भने अहिले जिल्लाको विभिन्न निर्वाचन स्थहरुमा मतदाता परिचय–पत्र वितरण कार्य सुरु गरिएको छ ।

निर्वाचन कार्यालय बाराका अनुसार जिल्लामा रहेको प्रतिनिधि ४ र प्रदेश सभा ८ क्षेत्रका लागि ३ सय ३ मतदान स्थल र ४ सय ५ मतदान केन्द्रको व्यवस्था गरिएको हो । यस जिल्लामा ३ लाख ४९ हजार ९ सय ४७ कुल मतदाता सख्या रहेको छ । सुरक्षाका दृष्टिले एक सय २१ मतदान स्थल अति संवेदनशिल रहेको छ , भने सम्वेदनशिलमा ९७ र ७२ सामान्य गरी विभाजन गरिएको छ ।सुरक्षा मजबुत बनाउँनका लागि नेपाल सरकारले बारामा नेपाल प्रहरी १८ सय , म्यादी प्रहरी दुई हजार पाँच सय , सशस्त्र प्रहरी ११ सय ५१ र नेपाली सेनाको सुरक्षा व्यावस्था मिलाईएको बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले बताए ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफका अनुसार जिल्लामा रहेका मतदान स्थल र मतदान केन्दहरुमा आवश्यक सुरक्षा , कर्मचारी र निर्वाचनका लागि आवश्यक पर्ने सम्पुर्ण निर्वाचन सामग्रीहरु पुगि सकेको जानकारी दिएका छन् ।  उनले शनिवारबाट सुरु गरिएको निर्वाचन सामग्री सोमवार सम्म जिल्लामा रहेका सबै स्थल र केन्द्रको आँफुले निरिक्षण गरिसकेको बताउँदै सबै मतदाताहरुलाई निर्धक्कसँग मतदान गर्न आग्रह समेत गरेका छन् ।

मतदाता परिचय–पत्र बाँडिदै
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बाराको विभिन्न पतदान स्थालमा मतदाता परिचय पत्र वितरण मंगलवारबाट सुरु गरिएको छ ।

मंसिर २१ गते अर्थात विहिवार निर्वाचन हुँने यस जिल्लाको सबै मतदान केन्द्रबाट परिचय–पत्र वितरणको व्यवस्था मिलाईएको छ । मंगलवार विहानबाट सुरु गरिएको मतदाता परिचय–पत्र बुधवार बेलुकी सम्म मतदाता परिचय पत्र वितरण गरिने श्री फकिरा गिरी राजेश्व गिरी उच्च माध्यमिक विद्यालय जीतपुर मतदान केन्द्रका निर्वाचन अधिकृत पारसनाथ चौधरीले बताए । जिल्ला निर्वाचन कार्यादयका अनुसार मतदाताहरुले आ–आफ्नों परिचय–पत्र लिन आँफूले भोट हाल्ने मतदान केन्द्रमा जानु पर्ने छ ।  उनीहरुले परिचय–पत्र लिन जाँदा आफ्नों परिचय खुल्ने कुँनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचय–पत्र देखाउँनु पर्ने छ ।