बामपन्थी सरकारले दुई तिहाईको घमण्ड देखाएर देशमा लुटतन्त्र मच्चाउनु बाहेक केही गर्न सकेन्ः पौडेल

१५ बैशाख २०७६, आईतवार ११:११

रौतहट , नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले जनता झुक्काउने काम गरेको बताउनु भएको छ । रौतहटको राजपुर नगरपालिकामा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता पौडेलले बामपन्थी सरकारले नारा बेचेर जनता धेरै दिनसम्म झुक्काउन नसक्ने बताउनु भएको हो ।

नेता पौडेलले बामपन्थी सरकारले विकास र समृद्धिको कुरा मात्र गर्ने गरेको तर काम केही नगरेको आरोप लगाउनु भयो । उहाँले दुई तिहाईको घमण्ड देखाएर देशमा लुटतन्त्र मच्चाउनु बाहेक केही गर्न नसकेको उहाँको कथन थियोे ।

देशमा भ्रष्टचार र आर्थिक अराजकता फैलाउने काम गर्दै कार्यकर्ता पोस्ने र आफै समृद्ध बन्ने तर्फ सरकार केन्द्रित रहेको बताउँदै नेता पौडेलले पानीजहाजभन्दा तराईका जिल्लामा सिचाई पु¥याउन सके देश खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने तर्फ सोच्न समेत नसक्ने बामपन्थी सरकारले कांग्रेसले गरेका कामको जस लिने र फोटो खिचाउने मात्र काम गरेको बताउनु भयो ।

उहाँले निर्मलापन्तको हत्यारा पक्राउ गर्न नसक्नु, बाईडबडी कान्ड, बालुवाटारको जग्गा कान्डड, सुन कान्डडदेखि अनेकौं कान्ड सरकार आफैले गराएको बताउनु भयो । देश बनाउन छाडेर आफै पोसिने काम सरकारले गरेको र कांग्रेसले पहिलाल्याएका ठूला योजनाको जस आफुले लिने काम मात्र गरेको उहाँले बताउनु भयो ।

शान्ति सुरक्षा दिन नसक्नु, अराजकता मौलाउँदै जानु र विकासमाभन्दा बढी प्रचारमा केन्द्रित हुनुनै सरकार असफल भएको प्रमाण भएको उहाँले बताउनु भयो । जनसभामा नेपालीकांग्रेसका महामन्त्री डा सशांक कोईरालाले पार्टीमा मौलाउदै गएको गुटबन्दी अन्त्य गरेर एक हुने हो भने कांग्रेस अर्को चुनावमा बामपन्थी फाल्न सफल हुने बताउनु भयो ।

उहाँले देश विकासका लागि कांग्रेसको सरकारबाहेक कसैले केही नगर्ने बताउनु भयो । जन सभामा पुर्वमन्त्री अफताव आलमले कम्युनिस्टहरू झुटको खेती गर्न माहिर रहेको बताउनु भयो । उहाँले कम्युनिस्ट सरकार अराजक बन्दै गएका कारण गणतन्त्रनै धरापमा पर्ने खतरा बढेको बताउनु भयो ।