बाबुराम भट्टराईको पाँच बुँदे प्रतिबद्धताः सामाजिक सञ्जालमा आफूमाथि आइलाग्नेलाई नछोड्ने

१४ भाद्र २०७७, आईतवार ११:०३
100

100
baburam

काठमाडौं, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूमाथि आइलाग्नेलाई नछोड्ने नीति अनुसरण गरेको बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालबारे पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ‘जाइ नलाग्ने, आइलाग्नेलाई नछोड्ने’ नीति अख्तियार गरेको बताउनु भएको हो ।
‘सोसल मिडियाबारे मेरो प्रतिबद्धताः अरुबाट सिक्ने, आफूले जानेको बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने,’ उहाँले आइतबार बिहान ट्विटरमा लेखनु भएको छ, ‘शोषित उत्पीडित विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने।’

त्यसैगरी उहाँले कसैमाथि आफू जाइ नलाग्ने तर आइलाग्नेलाई नछोड्ने टिट फर ट्याट अर्थात् जस्तालाई तस्तै गर्ने नीति लिएको बताउनु भएको छ ।