बाबुरामको प्रश्नः तपाईँको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?

९ कार्तिक २०७६, शनिबार ११:०२

काठमाडौँ , पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई तपाईँको अवतार कसरी चिन्ने भन्दै प्रश्न गर्नु भएको छ ।
‘पुष्पलाल ओरिजिनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन’ भन्दै उहाँले ट्विट गर्दै लेख्नु भएको छ् ‘तपाईँको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ?

‘आफूलाई चैँ म मदन भण्डारी पनि भन्न भ्याउनुभएछ’ भट्टराईले लेखनु भएको छ, ‘पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?