बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही राउण्ड हवाई फायर र आधा दर्जन घाइते

१४ चैत्र २०७४, बुधबार १०:२४

चैत १४, काठमाडौं ।

सडक विस्तारको विरोधमा प्रर्दन काठमाडौं सडक विस्तारका क्रममा काठमाडौको बानेश्वरमा झडप भएको छ ।

स्थानीयले सडक विस्तारका क्रममा आफ्नो घरजग्गा परेको भन्दै विरोध गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपका क्रममा दुवैतर्फ गरी आधा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसधारण घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

झडपमा प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फायर समेत गरेको छ ।

सडक विस्तारको विरोधमा माइतिघर मण्डलामा जम्म भएर विरोध पर्दशन गर्दै प्रदर्शनकारी बानेश्वरतिर गएका थिए ।

बानेश्वर चोकमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

आन्दोलनको नेतृत्व संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठलगायतले गरेका छन् ।