बाढी, पहिरो र ढुबानको समस्या

२९ असार २०७५, शुक्रबार ११:१६

आयोखबर संवाददाता

असार २९, काठमाडौं ।

नेपालमा मनसुनको शुरुवातीसँगै देशका विभिन्न भूभागहरुमा बाढी पहिरो र डुबान भएसँगै उपत्यकाभित्र रहेको भक्तपुरमा पनि बस्ती डुबाउने गरी भारी बर्षाका कारण बाढी आएर धेरै धन जनको क्षति भइरहेको छ ।

अव्यवस्थितत बस्ती र ढल निकासको अभावमा क्षति व्यहोर्नु परेको छ ।

 

र उपत्यकाका आसपासमा रहेका पहाडी भेगमा पनि भारी बर्षाका कारण पहिरो जानेक्रम बढ्दो छ । प्राकृतिक प्रकोप बर्षेनी भइरहँदा पनि सम्बन्धीत सरोकारवाला निकायहरुले पूर्व तयारी अपनाउन नसकेको कारण बाढी, पहिरो र डुबानका समस्याहरु नागरिकले झेल्नु परिरहेको छ ।

यो बर्खा यामको शुरुवाती वर्षमा पनि यति धेरै क्षति व्यहोर्नु परिरहेको र मध्य बर्खा आउँदा प्राकृतिक प्रकोपलाई थेग्न नस्कने स्थीति पनि आउँन सक्छ । हामीले समयमै सावधानी अथवा पूर्व तयारी गर्ने हो भने विपत्तबाट बच्न सकिन्छ ।

जस्तै रुख विरुवा रोप्ने वन जङ्गल फडानी नगर्ने चेतनामूलक सन्देश जनतासामू सरकारले पुर्याउन सके विपदबाट केही हदसम्म बच्न सकिनेछ ।
प्राकृतिक प्रकोप भनेको बाजा बजाएर आउने चिज होइन, यो एक्कासी आउँने चीज हो । त्यसको लागि हामी सबै पूर्व तयारीका साथ बस्नु पर्ने आवश्यकता हुन्छ ।