बाजेको सेकुवा रेस्टुरेन्टमा छापा : ३८ क्वीन्टल सुन प्रकरण

३० जेष्ठ २०७५, बुधबार ०९:१२

जेठ ३०, काठमाडौं ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।

विभिन्न क्षेत्रमा रहेको शाखाहरुमा अनुसन्धान समितिले छापा मारेको हो ।

 

रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् ।

 

उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

 

सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारी सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।