बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ

२५ श्रावण २०७६, शनिबार १४:१६

दार्चुला, दार्चुलामा बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुहु गाउँपालिका २ हिकिलाका २९ वर्षीय दीपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बडाल ५० नम्बर गुल्म सशस्त्र प्रहरी कार्यालय दार्चुलामा प्रहरी जवान पदमा कार्यरत छन्। शुक्रबार बेलुकी ६ बजेतिर ब्रह्मदेब प्रहरी चौकीबाट खटी आएको टोलीले दुहु गाउँपालिकाको तिमुरपाटामा जाँचका क्रममा साथमा रहेको झोला चेक गर्दा बाघको छालासहित उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।