बागलुङमा जीप दुर्घटनाः १४ जनाको मृत्यु

१७ मंसिर २०७६, मंगलवार १३:२२

बागलुङ , बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको बताइएको छ ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्यु हुनेहरु
– रेशम थापाचालक, २५ वर्षीय, गुल्मी इस्मा गाउँपालिका ५
माया थापा, २३ वर्षीया, गुल्मी इस्मा गाउँपालिका ५

वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका ५
– झुमा कार्की, नवलपरासी वर्दघाट
– लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड ५
– सीता कार्की, ४० वर्षीय इस्मा ५ गुल्मी
– तुलसी कार्की, इस्मा
– भूमि कार्की ४५ वर्षीय, इस्मा
– मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी
– धनबहादुर कार्की इस्मा गुल्मी
– झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।