बाँकेको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

१० मंसिर २०७६, मंगलवार ११:०८

गए राति सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको ज्यान गएएको हो।