बाँकेका बाढीपीडितहरु सुरक्षित बासको पखाईमा

३ मंसिर २०७४, आईतवार ०१:४४

मंसिर ३, काठमाडौं । जिल्लाभरि निर्वाचन प्रचारप्रसारलाई तिव्र पारिको बेला बाँकेका बाढीपीडित बस्तीलाई भने निर्वाचनले छोएको छैन । अहिले गाँउ घरमा जताततै निर्वाचनले महत्व पाए पनि जिल्लाका केही अस्थायी टहरामा बसेका बाढीपििडतलाई निर्वाचनभन्दा बासकै चिन्ता बढी देखिएको छ ।

आफूहरुलाई अहिले निर्वाचनभन्दा बासकै चिन्ता बढी भएकोले राप्तीसोनारी–२ टिंकुलीपुरस्थित सिद्धि साइकुमारी सामुदायिक वनमा बस्दै आएका हरिभक्त पौडेलले बताए । उनले राप्ती नदीमा आउने बाढीले हरेक वर्ष दुःख दिने गरेकाले आफुहरुको पहिलो आवश्यकता सुरक्षित बासस्थान भएको बताए । आफुहरुलाई बासको चिन्ता छ, निर्वाचन आए पनि नआएपनि हामीलाई के को मतलब उनले भने   निर्वाचनबाट सर्वसाधारणले केही नपाउने भएकाले चुप लागेर बसेका सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसेका जनकराम जेसीले बताए ।उनले बाढी पििडत र निर्वाचनबीच कुनै साईनो नभएको बताए । “हामीले भोट दिएकाहरु जितेर जान्छन्, तर फर्केर आउँदैनन्। निर्वाचनका बेला आश्वासन दिनेहरु फर्केर आउँदैनन् भने भोट दिनुको के अर्थ रह्यो,”   जैसीले भने । उनले बाढीपीडितहरु सुरक्षित बासको पखाईमा रहेको बताए ।

 

 

निर्वाचनका कुराभन्दा सुरक्षित बासको चिन्ता भएकाले निर्वाचनप्रति चासो नबढेको स्थानीय मीना विकले बताईन् । उनले यसपालिको निर्वाचनमा मतदान गर्ने मनस्थिति अझै नबनेको बताईन् । “ भोट हाल्न जाने नजाने दोधार छ सुरक्षित बासको व्यवस्था हुने भए भोट हाल्न गइन्छ नत्र समय खेर फालेर कुनै अर्थ छैन,” उनले भनिन् ।   सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेद्वारलाई मात्र भोट दिने राप्ती नदी पीडितले स्पष्ट पारेका छन् । उनीहरुले सुरक्षित बास देऊ, भोट लैजाऊ भन्ने अभियान चलाएका छन् । राजनीतिक दलबाट धेरै पटक धोका खाईसकेकाले यसपटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती –सोनारी गाउँपालिका– टिकुलीपुरकी मञ्जु विकले बताईन् । उनले स्थानीय तह निर्वाचनका बेला सुरक्षित बासको व्यवस्थ ागर्ने आश्वासन राजनीतिक दलहरुले दिइएको स्मरण गर्दै उद्दारो आश्वासनको भरमा भोट नदिने बताईन् । “उधारो आश्वासनको भरमा भोट दिन सकिदैन, सुरक्षित बासको व्यवस्थ ागर्नेलाई मात्र यसपटक भोट दिईनेछ,” उनले भनिन् । – कारोबार दैनिक