बहिरा कलाकार अभिनीत गीत बैनी झ्यालैमा’ सार्वजनिक

२७ कार्तिक २०७६, बुधबार ११:१५

काठमाडौं , बहिरा कलाकार अभिनीत गीत ‘बैनी झ्यालैमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश दुतराजको आवाज, शब्द तथा संगीत रहेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

प्रकाशकै निर्देशन रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय छ भने दोभाषेमा शिलु शर्मा रहेकी छन् । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।करणले छायांकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ ।

यसअघि उनले गीतकार डा। डीआर उपाध्यायको गीत ‘झिम झिम परेली‘’ मा समेत अभिनय गरेकी थिइन् ।मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बमद्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो ।